काठमाडौं । गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार सुदन गुरुङले आफूमाथि थ्रेट बढेको भन्दै सुरक्षा व्यवस्था मिलाइदिन जिल्ला प्रशासन कार्यालय गोरखासँग अनुरोध गरेका छन् ।
रास्वपा गोरखाका सचिव मिलन रानाका अनुसार प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेर सुरक्षा व्यवस्था मिलाइदिन अनुरोध गरेका हुन् । प्रजिअलाई लेखेको पत्रमा भनिएको छ, ‘प्राप्त विभिन्न गोप्य सूचनाअनुसार हातहतियारसहित केही व्यक्तिहरूको समूहबाट व्यक्तिगत रुपमा सुदन गुरुङलाई सुरक्षा थ्रेट बढेको हुँदा आवश्यक पीएसओसहित सुरक्षा व्यवस्था प्रदान गरिदिनुहुन अनुरोध गर्दछु ।’































प्रतिक्रिया