नवलपरासी पश्चिम। प्रतिनिधि सभा सदस्य उम्मेदवार विनोद चौधरीले आगामी निर्वाचनका लागि मतदातासँग सुझाव, योजना र प्राथमिकता संकलन गर्ने अभियान सुरु गरेका छन्।
चौधरीले आफ्नो वेबसाइटमार्फत अनलाइन फारम सार्वजनिक गर्दै सबै नागरिकलाई आफ्ना विचार र आवश्यकताका विवरण भर्न आग्रह गरेका हुन् । यस अभियानमार्फत उनले जनताको आवाजलाई केवल मतदानसम्म सीमित नराखी, नीति निर्माण र संकल्पपत्र निर्माणसम्म पु-याउन चाहेको उल्लेख गरेका छन् ।
चौधरीले भनेका छन्, “चुनावको घोषणापत्र बन्द कोठामा बसेर बनाउनुको साटो, तपाईंहरूको माझ आएर लेख्न चाहन्छु। बर्दघाटको सडकदेखि किसानको खेतसम्म, गुणस्तरीय शिक्षा र युवा रोजगारीसम्म, तपाईंको प्राथमिकता नै मेरो पहिलो काम हुनेछ।”
चौधरीले यस अभियानलाई ‘साझा संकल्पपत्र’को रूपमा प्रस्तुत गर्दै, गाउँ र टोलका स्थानीय समस्यामा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन् ।
विनोद चौधरीले आफ्नो क्षेत्रका मतदातासँग मागे योजना र सुझाव, सार्वजनिक गरे अनलाइन फारम
नवलपरासी पश्चिम । नवलपरासी पश्चिम क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विनोद चौधरीले आगामी निर्वाचनका लागि जनताको सुझाव अनुसार संकल्पपत्र तयार पार्ने अभियान सुरु गरेका छन् ।
नेपाली कांग्रेसका उम्मेदवार चौधरीले बन्द कोठामा बसेर घोषणापत्र बनाउनुको साटो जनताका वास्तविक समस्या संकलन गर्ने उद्देश्यले आम मतदातासँग सल्लाह, सुझाव र योजना माग गरेका हुन् ।
यसका लागि उनले आफ्नो वेबसाइटमार्फत अनलाइन फारम सार्वजनिक गर्दै आवश्यक आफ्ना योजना र मागहरूको विवरण भरेर पठाउन आग्रह गरे । केही समय निकालेर फारम भर्न चौधरीले सबैलाई अपिल पनि गरेका छन् ।
यो अभियानले राजनीतिमा जनताको भूमिकालाई केवल मतदानमा मात्र सीमित नगरी नीति निर्माणको तहसम्म पु¥याउने उनको अपेक्षा छ।
नेपालका प्रतिष्ठित उद्यमी चौधरीले लेखेका छन्, ‘मलाई थाहा छ, कुनै पनि ठूलो योजना सफल बनाउन सही व्यवस्थापन र सबैको सहकार्यकोआवश्यकता पर्दछ। त्यसैले, चुनावी संकल्पपत्र बन्द कोठामा बसेर होइन, तपाईंहरूको माझमा आएर लेख्न चाहन्छु। बर्दघाटको सडकदेखि सुस्ताको पुलसम्म, गण्डकको नहरदेखि दाउन्नेको फेदीसम्म, किसानको खेतदेखि बजारसम्म, गुणस्तरीय शिक्षादेखि युवा रोजगारीसम्म, जेन–जीदेखि जेन–एक्ससम्म, तपाईंको प्राथमिकता नै मेरो पहिलो काम हुनेछ।’
नवलपरासीको विकासका लागि केवल दलको घोषणापत्र मात्र नभई सबैको ‘साझा संकल्पपत्र’ हुने चौधरीले उल्लेख गरेका छन् ।
चौधरीले भोटले सरकार बनाउने भए पनि समाज बनाउन नागरिकको सुझाव नै आवश्यक पर्ने बताए । गाउँ र टोलका समस्या स्थानीय बासिन्दालाई नै राम्रोसँग थाहा हुने भएकाले विकासको योजनामा सबैको सहकार्य जरुरी रहेको उनको भनाइ छ।





























प्रतिक्रिया