काठमाडौँ। काभ्रेमा एकल सिफारिस भएर पनि टिकट नपाएका नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले मकवानपुर–२ निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवार महेश बर्तौलाको जीत सुनिश्चित हुने बताएका छन्।
शनिबार बाँस्कोटा मकवानपुरको थाहानगरमा महेश बर्तौलाको घरदैलो अभियानमा प्रमुख वक्ताका रूपमा सहभागी भएका थिए। कार्यक्रममा उनले बर्तौलाको राजनीतिक क्षमता र संगठन कौशलको प्रशंसा गरेका गरे ।
बाँस्कोटाले आफ्नो परिवारसहितको फोटोसहित सामाजिक सञ्जालमा महेश बर्तौलाको उम्मेदवारी र जीतको समर्थन जनाएका छन्।
आइतबार बिहानै बाँस्कोटाले फेसबुकमा लेखेका छन्, ‘शुभ बिहान ! थाहानगर जाँदा हामी । नेताको नजरमा एक जनपरित्यक्त पात्रको बयान–अग्लो ठाउँबाट परको हिमाल आफू भन्दा होचो र धुर्मैलो देखियो । अझ तलको थानकोट चन्द्रमाको क्रेटर । र, मानिस नि ? ए, ती त केवल कमिला जस्ता । राजनीति र प्रकृतिको दृष्टिभ्रमको मज्जाको समिश्रण भनौँ न यसलाई । तर महेश सानदार जित्छन् ।’
































प्रतिक्रिया