पर्वत। आगामी प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार मनहरी तिमिल्सिनाले जिल्लाभर घरदैलो र स्थानीय भेटघाट अभियान तीव्र गतिमा अघि बढाएका छन्। आफ्नो चुनावी प्रचारप्रसार तथा घरदैलो अभियान लिएर तिमिल्सिना दक्षिणका जनतासंग प्रत्यक्ष संवादमा जुटिरहेका छन् । विहादी गाउँपालिकामा मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले विकास,सुशासन, एग्रो–टुरिज्म, बाँदर नियन्त्रण र स्थानीय उद्यमशीलतालाई आफ्नो प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरे ।
घरदैलो क्रममा स्थानीयवासी, अग्रज र शुभेच्छुकसँग भेटेर उनीहरूका सुझाव र अपेक्षालाई आफ्नो अभियानको मूल आधार बनाएको तिमिल्सिनाले बताए ।
बिहादी गाउँपालिका वडा नम्बर १ बाच्छाको दुर्लाङ्ग स्थित सहिद पार्कमा सहिद हेम बहादुर गुरुङ लगायत जनयुद्दका सहिदहरुको शालिकमा पुष्पगुच्छा अर्पण सहित सम्मानका साथमा विहादीको अभियान अगाडि बढाएका हुन् । तिमिल्सिनाले पर्वतको कम्युनिस्ट आन्दोलन र जनयुद्धमा सहिद गुरुङ लगायत सहादत प्राप्त गर्ने विहादीका सपूतहरुको सपना साकार पार्न सदैव लागिपर्ने बताए ।
सहिदहरुको कसम खाएर आँफू निर्वाचनमा होमिएको भन्दै तिमिल्सिनाले सहिद भूमि विहादीबाट विजयीको यात्रा तय हुनेमा आशावादी रहेको उल्लेख गरे । यसपालीको निर्वाचनमा तारा चिन्हमा मतदान गरेमात्र सहिदहरुको सच्चा आत्मासम्मान हुने समेत उनले बताए ।
बिहादी क्षेत्रमा घरदैलो अभियानमा सक्रिय रहेको र चुनावी तयारीलाई तीव्र गतिमा अघि बढाउँदै, मतदातालाई आफ्नो योजना र दृष्टिकोण प्रत्यक्ष रूपमा प्रस्तुत गर्दै अगाडी बढेको अखिल क्रान्तिकारी गण्डकी प्रदेशका अध्यक्ष तथा सहिदपुत्र त्रिदिप गुरुङले केन्द्रविन्दुलाई बताए ।































प्रतिक्रिया