चित्रबहादुर केसीको विरासत ढल्न दिनेछैन: कृष्णप्रसाद अधिकारी

चित्रबहादुर केसीको विरासत ढल्न दिनेछैन: कृष्णप्रसाद अधिकारी

बाग्लुङमा साझा वाम शक्तिनै अहिलेको वैकल्पिक शक्ति हो : शर्मा

केन्द्रबिन्दु
42
Shares


बागलुङ ।
बागलुङ क्षेत्र नं. १ का साझा वाम उम्मेदवार कृष्णप्रसाद शर्मा अधिकारीले वामपन्थी आन्दोलनका सादगी नेता चित्रबहादुर केसीको राजनीतिक विरासत कमजोर हुन नदिने दाबी गरेका छन् । राष्ट्रिय जनमोर्चा र नेपाली कम्युनिस्ट पार्टीका साझा उम्मेदवार अधिकारीले निष्ठा, इमानदारी र जनताको हकहितमा आधारित राजनीति अघि बढाउने भन्दै गिलास चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे

जैमिनी नगरपालिकाका विभिन्न वडामा भएको चुनावी भेलामा अधिकारीले चित्रबहादुर केसीले देखाएको सादगी र जनमुखी राजनीतिको बाटोबाट नहट्ने बताएका छन्। उनले जनताको पक्षमा उभिने राजनीति नै साझा वाम शक्तिको पहिचान भएको उल्लेख थरे ।

चुनावी अभियानलाई प्रभावकारी बनाउन जैमिनीमा ५०१ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गरिएको छ । चन्द्रबहादुर केसी संयोजक र कुमार थापा सहसंयोजक रहेको समितिले वडावडामा घरदैलो र जनसम्पर्क अभियान चलाइरहेको छ । साथै खगेन्द्र थापा संयोजक रहेको युवा परिचालन समिति र शान्तकला शर्मा संयोजक रहेको महिला परिचालन समिति पनि गठन गरी अभियानलाई तीव्र बनाइएको छ ।

नेपाली कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार बलावती शर्माले साझा वाम शक्ति नै अहिलेको वैकल्पिक शक्ति भएको बताइन्। उनका अनुसार जनताको पक्षमा निरन्तर संघर्ष गर्ने शक्ति नेकपा र राजमो मात्र भएको बताईन् । शर्माले प्रत्यक्षमा अधिकारी लाई गिलासमा र समानुपातिकमा आँफूलाई तारा चिन्हमा मतदान गर्न आग्रह गरिन् । यस्तै शर्माले नेकपा र राजमोको यो पवित्र गठबन्धनको जितले माात्र वाग्लुङ १ मा बिकासको निकास खोल्ने जिकिर गरिन् ।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गानाले साझा उम्मेदवारको जित सुनिश्चित देखिएपछि विभिन्न प्रकारका प्रचार सुरु भएको दाबी गर्दै त्यसप्रति सचेत रहन मतदातालाई आग्रह गरे।

भेलामा वाम एकता, संगठन मजबुत बनाउने र जनआधारित राजनीतिमार्फत बागलुङ–१ मा साझा वाम उम्मेदवार कृष्ण अधिकारी र बलावती शर्मालाई विजयी बनाउने निष्कर्ष निकालेको चुनावप्रचारप्रसार समितिले जनाएको छ ।

Skip This
Skip This
Logo