उम्मेदवारी खारेजीविरुद्ध रेशम चौधरीको रिटमा आज निर्णायक सुनुवाइ

उम्मेदवारी खारेजीविरुद्ध रेशम चौधरीको रिटमा आज निर्णायक सुनुवाइ

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी चुनाव लड्न पाउने कि नपाउने भन्ने विषयमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।

चौधरीले कैलाली–१ बाट दिएको उम्मेदवारी निर्वाचन अधिकृतले खारेज गरेपछि उनी अदालत पुगेका हुन्। आजको सुनुवाइपछि अदालतले अस्थायी रूपमा उम्मेदवारी मान्ने कि नमान्ने भन्ने निर्णय गर्न सक्छ।

निर्वाचन अधिकृतले चौधरी जन्मकैदको सजाय पाएको व्यक्ति भएकाले उम्मेदवार बन्न अयोग्य भएको भन्दै नाम काटेको थियो। यही निर्णयविरुद्ध चौधरीले निर्वाचन आयोग र निर्वाचन अधिकृतलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्।

यसअघि सर्वोच्च अदालतले तुरुन्त आदेश दिन अस्वीकार गर्दै सम्बन्धित सबै कागजात मगाएको थियो। त्यसैको आधारमा आज विस्तृत सुनुवाइ भइरहेको हो।

चौधरी टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका थिए। पछि सरकारले माफी दिएर उनी जेलमुक्त भएका हुन्। तर माफी पाएपछि पनि चुनाव लड्न पाइन्छ कि पाइँदैन भन्ने विषय अझै कानुनी विवादमै छ।

Logo