नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सहायक महामन्त्री शाहले त्यागे राप्रपा

नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सहायक महामन्त्री शाहले त्यागे राप्रपा

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) का सहायक महामन्त्री सौरेन्द्र बहादुर शाहले पार्टीबाट राजीनामा दिएका छन्।

शाहले पार्टी सञ्चालनको विधि र प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै आइतबार पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनले पार्टीमा संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको एजेन्डा संस्थागत गर्नुपर्ने भए पनि नेतृत्व व्यक्तिगत स्वार्थमा अलमलिएको आरोप लगाएका छन्।

शाहले सामाजिक सञ्जालमार्फत पनि घोषणा गर्दै लेखेका छन्, “आजको मितिबाट मैले राप्रपाको सबै पद तथा सदस्यबाट राजीनामा दिएको जानकारी गर्दछु। राप्रपामा देशभरि हजारौँ इमानदार नेता कार्यकर्ता छन्। तर नेतृत्व तहको विरोधाभास चरित्रमा आफ्नो ठाउँ बनाउन असम्भव रहेछ भन्ने अनुभूति भयो।”

उनले थपे, “सबै भन्दामाथि देश र जनता, राष्ट्रको अगाडि पार्टी गौण हो। म सदा राष्ट्रको हितमा इमानदारीपूर्वक कर्म गर्नेछु।”

केहीअघि राप्रपाका केन्द्रीय सदस्य हिक्मतजंग कार्कीले पनि पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टी छाडेका थिए।

Skip This
Skip This
Logo