काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई कुनै ठोस योगदान नगरेका व्यक्ति सोसल मिडियामा स्टन्ट गरेर राजनीतिमा स्थापित हुन खोजिरहेको बताएका छन् ।
काठमाडौं क्षेत्र नं. ५ मा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले विश्व साम्राज्यवाद र पपुलिज्मबारे चेतावनी दिए । उनले भने, “विश्वका विभिन्न देशमा साम्राज्यवादले पपुलिस्टलाई लगानी गरेर लोकतन्त्र र समाजवादविरुद्ध प्रयोग गरेको पाइन्छ । नेपालमा पनि अहिले लोकप्रियतावाद हावी हुन खोजिरहेको छ । सोसल मिडियामा स्टन्ट गर्नेहरू राजनीतिमा स्थापित हुने छैनन्।”
उनले रास्वपाका गतिविधिहरूको संकेत गर्दै पपुलिस्टहरू विदेशी प्रभावका माध्यम बन्न सक्ने बताए । साथै, २६ वटा घटक मिलेर बनेको नेकपाले देशकै ठूलो पार्टी बन्ने दाबी प्रचण्डले गरे।































प्रतिक्रिया