निशीखोलामा गैरेको चुनावी जनभेटघाटः आगलागी पीडितलाई राहत प्रदान

निशीखोलामा गैरेको चुनावी जनभेटघाटः आगलागी पीडितलाई राहत प्रदान

केन्द्रबिन्दु
15
Shares

काठमाडौं। बाग्लुङ क्षेत्र न. २ का प्रतिनिधि सभा उम्मेदवार ज्ञामनाथ गैरेले निशीखोला–१ पाखापानीमा आज उत्साहपूर्ण जनभेटघाट सम्पन्न गरेका छन्। कार्यक्रममा उनले मतदातालाई “तारा चिन्हमा मतदान गरौँ, समृद्ध भविष्यतर्फ कदम बढाऔँ” भन्ने नारासहित आफ्नो अभियान अघि बढाइरहेका छन्।

अभियानकै क्रममा निशीखोला–२, काल्नेचौर स्थित तुलप्रसाद पौडेलको घरमा आगलागी भएको दुःखद घटना थाहा पाएपछि उम्मेदवार गैरेले तुरुन्त घटनास्थलमा पुगेर उद्धार र प्रारम्भिक राहत प्रदान गरेका छन्। आगलागीमा घर जलेर पूर्ण रूपमा नष्ट भएको र पाँच सदस्यीय परिवारले एकसरो कपडा बाहेक केही पाउन नसकेको भन्दै गैरेले प्रभावित परिवारको घर पुनर्निर्माणका लागि स्थानीय निकाय र सम्बन्धित संस्थाहरूसँग समन्वय गरी छिटोभन्दा छिटो पुनर्निर्माण कार्य अघि बढाइने र आवश्यक राहत उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । “म स्वार्थका लागि होइन, जनताको भरोसाका लागि आएको हुँ। यही भरोसाको कदर गर्ने छु।”उनले भने ।

गैरेको अभियान विकास र सुशासनको संकल्पमा केन्द्रित भएको भन्दै स्थानियले यसपाली निर्वाचनमा गैरेलाई बिजयी गराउने संकल्प गरेको नेकपा बाग्लुङले जनाएको छ । बाग्लुङमा नेकपा र जनमोर्चाले चुनावी तालमेल गरेका छन् ।

Logo