राष्ट्रियसभाको अधिवेशन अन्त्य

राष्ट्रियसभाको अधिवेशन अन्त्य

केन्द्रबिन्दु
39
Shares

काठमाडौँ । फागुन–१ गते देखि लागू हुने गरी राष्ट्रियसभा अधिवेशन अन्त्य भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२–१०–२६ को सिफारिसमा २०८२ साल फागुन १ गते शुक्रबार राति १२ः०० बजेदेखि लागू हुने गरी राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

संसद् सचिवालयका अनुसार नयाँ निर्वाचित भएर गठन हुने प्रतिनिधि सभा र नवनिर्वाचित राष्ट्रिय सभाका सदस्य सम्मिलित दुवै सभाको बैठक अब अर्को अधिवेशनमा सँगै बस्ने जनाईएको छ ।

Skip This
Skip This
Logo