दुप्चेश्वरमा कांग्रेस–एमालेलाई ठूलो झट्का, दर्जनौँ नेता कार्यकर्ता सामुहिक रुपमा नेकपामा प्रवेश

दुप्चेश्वरमा कांग्रेस–एमालेलाई ठूलो झट्का, दर्जनौँ नेता कार्यकर्ता सामुहिक रुपमा नेकपामा प्रवेश

केन्द्रबिन्दु
9
Shares

नुवाकोट। दुप्चेश्वर गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका ५० भन्दा बढी सक्रिय नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरी नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । बुधबार आयोजित कार्यक्रममा उनीहरू सामूहिक रूपमा नेकपामा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरूलाई प्रतिनिधिसभा सदस्य उम्मेदवार हितबहादुर तामाङले स्वागत गरेका थिए । उनले पुराना दलप्रति असन्तुष्टि बढ्दै गएको दाबी गर्दै आगामी निर्वाचनमा त्यसको परिणाम देखिने बताएका छन् ।

दुप्चेश्वरका विभिन्न टोलबाट रोश बहादुर तामाङ, सानु कान्छा तामाङ, होम बहादुर तामाङ, चैनामा तामाङ, भिम बहादुर तामाङ लगायतले कांग्रेस परित्याग गरेका छन् । त्यस्तै इनामा तामाङ, लाल माया तामाङ, काली तामाङ, मरफिले तामाङ, कान्छी तामाङ, काले तामाङ, मिने तामाङ, गोरे तामाङ, कृष्ण बहादुर, पूर्ण बहादुर र हरि बहादुर तामाङसहित अन्य कार्यकर्ताले पनि पार्टी प्रवेश गरेका छन् ।

कार्यक्रममा सहभागी युवाहरूले पुराना दलले अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै विकल्पका रूपमा कम्युनिस्ट पार्टी रोजेको बताएका छन् । स्थानीय राजनीतिक वृत्तमा यस घटनालाई निर्वाचनअघिको शक्ति सन्तुलनमा परिवर्तनको संकेतका रूपमा हेरिएको छ ।

दुप्चेश्वरमा पछिल्लो समय दलहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । बुधबारको सामूहिक प्रवेशले क्षेत्र नम्बर १ मा राजनीतिक समीकरण फेरिने चर्चा सुरु भएको छ । कार्यक्रममा कम्युनिस्ट पार्टीका स्थानीय नेताहरूको उपस्थिति रहेको थियो ।

Logo