कांग्रेसले जनकपुरमा ‘प्रतिज्ञा सभा’ गर्दै, घोषणापत्र पनि सार्वजनिक हुने

कांग्रेसले जनकपुरमा ‘प्रतिज्ञा सभा’ गर्दै, घोषणापत्र पनि सार्वजनिक हुने

केन्द्रबिन्दु
18
Shares

काठमाडौं। नेपाली कांग्रेसले आज मधेस प्रदेशको राजधानी जनकपुरमा विशेष सभा आयोजना गर्दैछ । सभालाई ‘प्रतिज्ञा सभा’ नाम दिइएको छ र यही अवसरमा पार्टीले आफ्नो घोषणापत्र सार्वजनिक गर्नेछ, जसलाई यसपालि ‘प्रतिज्ञा पत्र’ भनेर प्रस्तुत गरिएको छ ।

कांग्रेसले आफ्नो घोषणापत्र फागुन ३ गते निर्वाचन आयोगमा बुझाइसकेको छ। सभामा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र अन्य केन्द्रीय नेताहरूले सम्बोधन गर्नेछन्। मधेस प्रदेशका सबै निर्वाचन क्षेत्रका मतदाता सहभागी हुने अपेक्षा गरिएको छ।

जनकपुरबाट सार्वजनिक गरिएको प्रतिज्ञा पत्रबारे काठमाडौँमा पनि पत्रकार सम्मेलन हुने छ। आज दिउँसो ४ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रवक्ता देवराज चालिसेले प्रतिज्ञा पत्रबारे जानकारी दिनेछन्।

Skip This
Skip This
Logo