काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लोकप्रिय नारासहितको बाचापत्र सार्वजनिक गरेकाे छ ।
बिहीबार रास्वपाले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित परिवर्तन उद्घोष सभाबाट उपसभापति स्वर्णिम वाग्लेले रास्वपालाई स्पष्ट बहुमत दिए मुलुकमा अर्थतन्त्रको सुधार गर्न स्पष्ट खाका कोर्ने बताएका छन् । उनले फागुन २१ को निर्वाचन एक थान चुनावमात्रै नभएको भन्दै फागुन २१ पछि देशले आमूल सुधारको यात्रा तय गर्ने बताए।
उनले रास्वपाले अब सरकारी सेवामा लाइन होइन अनलाइन प्रणालीमा काम गर्ने घोषणा गरे । उनले सरकारको संस्थागत सुधारको बहस गरिने बताए । उनले पूर्वाधार निर्माणको कामलाई मिसन मोडमा योजना कार्यान्वयन गर्ने गरी घोषणापत्र तयार पारेको बताए ।
उनले भने,‘ अर्थतन्त्रमा दशकौँ देखि थाति रहेका सुधार अघि बढाउने, आर्थिक फड्को मार्नको लागि दर्जनौ ऐन र नियमावली खारेज, स्वस्थ प्रतिस्पर्धामा विश्वास गर्ने निजी क्षेत्र साझेदार र भरपर्दो सारथी हुने छ, सबै करहरूको बोझ घटाउने, झनझटीलो प्रक्रियाको जालो हटाउने पहिलो प्राथमिकता छ ।’































प्रतिक्रिया