काठमाडौं। रास्वपा नेता तथा झापा–५ का उम्मेदवार बालेन साह स्वास्थ्यमा सुधार आएपछि आज झापा जाने भएका छन्। चुनावी कार्यक्रमका क्रममा अस्वस्थ भएपछि केही दिन काठमाडौंमै आराम गरेका उनी अब पुनः चुनावी अभियानमा फर्किन लागेका हुन्।
उनका सहयोगी अर्जुन घिमिरेका अनुसार बालेन आज बेलुकीसम्म दमक पुग्नेछन्। त्यसपछि उनी झापा–५ केन्द्रित चुनावी कार्यक्रम र मतदाता भेटघाटमा सक्रिय हुने तयारीमा छन्।
यसअघि सुर्खेतमा चुनावी कार्यक्रममा सहभागी हुँदा अचानक स्वास्थ्य समस्या देखिएपछि उनले बाँकी कार्यक्रम स्थगित गरी काठमाडौं फर्किएका थिए। खाना अपच, पेट दुख्ने, बान्ता हुने र रक्तचाप बढेपछि चिकित्सकको सल्लाहमा आराम गरेका थिए।
काठमाडौंमा उपचार र केही दिन आराम गरेपछि स्वास्थ्य अवस्था सामान्य बनेको र चिकित्सकले सावधानी अपनाउँदै नियमित कार्यक्रम गर्न सुझाव दिएका छन्। स्वास्थ्यमा सुधार आएपछि बालेन पुनः चुनावी मैदानमा फर्किन लागेका हुन्।































प्रतिक्रिया