निर्वाचन देश बनाउने र जलाउने शक्तिबीचको लडाइँ हो : ओली

निर्वाचन देश बनाउने र जलाउने शक्तिबीचको लडाइँ हो : ओली

केन्द्रबिन्दु
6
Shares

काठमाडौं। नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई देश बनाउने र देश बिगार्ने शक्तिबीचको प्रतिस्पर्धाका रूपमा व्याख्या गरेका छन्। झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले विकास, समृद्धि र राष्ट्रियताको पक्षमा एमालेको जित आवश्यक रहेको बताए।

उनले निर्वाचन बिथोल्ने प्रयास भइरहेको उल्लेख गर्दै त्यस्ता गतिविधिको विरोध गरे। एमालेको झण्डा जलाउने जस्ता कार्यलाई लोकतान्त्रिक प्रक्रियाविरुद्धको कदम भएको उनको टिप्पणी थियो।

आफ्नो नेतृत्वको सरकारले हुलाकी राजमार्ग निर्माण, ज्येष्ठ नागरिक भत्ता चार हजार रुपैयाँ पु¥याउने, साक्षरता दर वृद्धि गर्ने र ३९६ आधारभूत अस्पतालको शिलान्यास गर्ने काम गरेको उनले स्मरण गरे। दुर्गम क्षेत्रबाट हेलिकप्टरमार्फत उद्धार सेवा सुरु गरिएको पनि उनले उल्लेख गरे।

आफूमाथि विभिन्न आरोप लागे पनि ६० वर्षको राजनीतिक जीवनमा भ्रष्टाचार नगरेको दाबी उनले गरे। राष्ट्रिय हितका मुद्दामा आफू दृढ रहेको र देशको सार्वभौमसत्तामा सम्झौता नहुने उनको भनाइ थियो।

कार्यक्रममा उनले क्षेत्र नम्बर ३ का उम्मेदवार हरिबहादुर राजवंशीको पक्षमा सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे। एमालेमा प्रवेश गर्ने युवालाई स्वागत गर्दै पार्टी छोडेर गएकालाई पुनः फर्कन आह्वान पनि गरे। आगामी फागुन २१ को निर्वाचनमा पार्टीलाई विजयी गराउन कार्यकर्तालाई सक्रिय हुन निर्देशन दिइएको छ।

Skip This
Skip This
Logo