भक्तपुर -१का मतदाता भन्छन् -जनतामाझ बस्नेलाई मात्र भोट दिन्छौँ

भक्तपुर -१का मतदाता भन्छन् -जनतामाझ बस्नेलाई मात्र भोट दिन्छौँ

केन्द्रबिन्दु
9
Shares

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा भक्तपुर–१ का मतदाताहरूले चुनावी प्राथमिकतामा स्थायी जनसाथ दिने उम्मेदवारलाई मात्र समर्थन गर्ने बताएका छन्।

चाँगुनारायण–१ की मोनिकाले पहिलो पटक मतदान गर्दै भनिन्, “दुःख, सुखमा सहयोग गर्ने र विकासमा ध्यान दिनेलाई भोट दिने हो। जनप्रतिनिधि जनतामाझ बस्नुपर्छ।”

भक्तपुरमा अझै सडक कालोपत्र नभएको, स्वच्छ पानीको पहुँच सीमित र सांस्कृतिक सम्पदाको संरक्षण पर्याप्त नभएको उल्लेख गरिएको छ। मतदाताहरू रोजगारी र स्थानीय स्रोतसाधनको सदुपयोगमा ध्यान दिन सक्ने उम्मेदवारलाई प्राथमिकता दिने पक्षमा छन्।

केशव पराजुलीले पनि भने, “चुनामा मात्र भोट माग्ने उम्मेदवारलाई भेटेर के गर्नु? जनतामाझ निरन्तर बस्ने जनप्रतिनिधि चाहिन्छ।”

यस क्षेत्रबाट २५ उम्मेदवार प्रतिष्पर्धा गर्दैछन्। यसमा नेमकिपा का प्रेम सुवाल, एमाले का सोमप्रसाद मिश्र, कांग्रेस का किरण न्यौपाने, राप्रपा र राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरू छन्। साथै नौ स्वतन्त्र उम्मेदवार पनि छन्।

नेमकिपाका प्रेम सुवाल चौथो पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन्। उनले भने, “भक्तपुरका जनताको विकास र साथका लागि मेरो उम्मेदवारी हो।”

एमाले का सोमप्रसाद मिश्रले सुशासन, भ्रष्टाचार नियन्त्रण र प्रशासनिक पुनर्संरचनामा काम गर्ने प्रतिबद्धता व्यक्त गरे। कांग्रेस का किरण न्यौपानेले भूकम्पपछिका पुनःनिर्माण र पूर्वाधार विकासलाई प्राथमिकता दिने बताए। रास्वपा उम्मेदवार रुकेश रञ्जितले सुशासन र भ्रष्टाचाररहित समाज निर्माणमा ध्यान दिने बताए।

निर्वाचन कार्यालय प्रमुख प्रकाश मगरका अनुसार क्षेत्रको कुल मतदाता १,०७,०५४ छन्। पुरुष ५२,०६६ र महिला ५४,९८८ रहेका छन्। क्षेत्रभित्र ११९ मतदान केन्द्र छन्।

२०७९ को निर्वाचनमा नेमकिपाका प्रेम सुवालले ४२,७६१ मत पाएका थिए, उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नवराज गेलालले ११,९६८ मत पाएका थिए।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि देशभर २३,११२ मतदान केन्द्र तयारी अवस्थामा छन्। निर्वाचन क्षेत्रहरूलाई संवेदनशीलता अनुसार वर्गीकृत गरेर सुरक्षा प्रबन्ध मिलाइएको छ।

Logo