रसुवा। आसन्न निर्वाचन पारदर्शी र विश्वसनीय बनाउन जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्रमा सिसी क्यामरा जडान प्रक्रिया तीव्र बनाएको छ। हालसम्म उत्तरगया गाउँपालिकाका सबै केन्द्रमा कार्य सम्पन्न भइसकेको र बाँकी चार गाउँपालिकामा चाँडै सम्पन्न हुने जनाइएको छ। यस्ता क्यामरा ३६ मतदानस्थलमा रहने जनाइएको छ।
जिल्ला निर्वाचन अधिकारी राजन रायले अस्थायी मतदाता नामावली तयार भइसकेको, ३८३ कर्मचारी व्यवस्थापन भई मतदानमा खटिने कर्मचारीलाई आवश्यक तालिम प्रदान भइसकेको जानकारी दिनुभयो। मतपेटिकासमेत ५१ प्रकारका मतदान सामग्री तयारी अवस्थामा रहेको छ।
मतदाता शिक्षा प्रभावकारी बनाउन जिल्लाका २७ वडामा एक–एक स्वयंसेवक परिचालन गरिएको छ भने पाँचै गाउँपालिकामा एक÷एक अनुगमनकर्तासमेत खटाइ दैनिक प्रगति सङ्कलन भइरहेको छ। निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै तयारी पूरा भइसकेको कार्यालयले जनाएको छ ।
निर्वाचन खर्च पारदर्शी बनाउन सबै उम्मेदवारका नाममा बैंक खाता खोल्ने काम सम्पन्न भइसकेको छ । हाल जिल्लामा ४१ हजार ४७१ मतदाता छन् र निर्वाचनमा नौ दल तथा तीन स्वतन्त्र गरी १२ जना उम्मेदवार चुनावी मैदानमा छन्, जानकारी निर्वाचन कार्यालयका नायब सुब्बा महेश आचार्यले जानकारी दिए।































प्रतिक्रिया