कांग्रेस नेतृत्वको सरकार बने सुरुमा देउवाको सम्पत्ति छानबिन गर्छौं -गगन थापा

कांग्रेस नेतृत्वको सरकार बने सुरुमा देउवाको सम्पत्ति छानबिन गर्छौं -गगन थापा

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस नेतृत्वको सरकार बने पूर्वसभापति शेरबहादुर देउवाको सम्पत्ति छानबिन गर्ने बताएका छन् ।

बागलुङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले भने, ‘नेपाली कांग्रेसको सरकारले पहिलो काम एउटा शक्तिशाली आयोग गठन गर्छ, त्यो शक्तिशाली आयोगले ०४६ सालपछि प्रधानमन्त्री हुनुभएको शेरबहादुर देउवाको सम्पत्ति छानबिन गर्छ, मन्त्री भएको गगन थापाको सम्पत्ति सबभन्दा पहिला छानबिन गर्छ ।’

हरेक काण्डको एक–एक छानबिन गर्ने उनको अठोट छ । उनले भने, ‘आफ्नो बा भए पनि छोड्दैन, एउटा-एउटा कुराको छानबिन गर्छ।’

Logo