निर्वाचनलाई लक्षित गर्दै कञ्चनपुरमा ‘ड्रोन’ प्रयोगमा रोक

निर्वाचनलाई लक्षित गर्दै कञ्चनपुरमा ‘ड्रोन’ प्रयोगमा रोक

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्लामा ड्रोन प्रयोगमा पूर्ण रोक लगाइएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीका अनुसार अनुमति लिएर सञ्चालनमा रहेका ड्रोन पनि यही फागुन १८ गतेदेखि निर्वाचन प्रक्रिया सम्पन्न नभएसम्म प्रयोग गर्न नपाइनेछ। नियम विपरित ड्रोन उडाएको पाइए कानुनअनुसार कारबाही गरिनेछ।

निर्वाचन हुनुभन्दा तीन दिन अघि देखि परिणाम घोषणा नभएसम्म ड्रोनको प्रयोगमा पूर्णरूपमा रोक रहनेछ।

यसैगरी, जिल्ला सुरक्षा समितिको निर्णयअनुसार निर्वाचन अवधिभर कञ्चनपुरमा मदिरा बिक्री, वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाइएको छ । प्रतिबन्ध उल्लङ्घन गरे कानुनअनुसार कारबाही हुनेछ ।

निर्वाचन अवधिभर शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयले होटल व्यवसायी, राजनीतिक दल, नागरिक समाज र सर्वसाधारणलाई नियम पालना गर्न आग्रह गरेको छ ।

Logo