कालिगण्डकी दोहन रोक्ने पहिलो प्राथमिकता हुनेछ : मनहरी तिमिल्सिना

कालिगण्डकी दोहन रोक्ने पहिलो प्राथमिकता हुनेछ : मनहरी तिमिल्सिना

केन्द्रबिन्दु
54
Shares

पर्वत। जनयुद्धको ऐतिहासिक स्थल धाइरिङ र नाङलिवाङमा कान्छा उम्मेदवार मनहरी तिमिल्सिनालाई स्थानीय जनताले भव्य स्वागत गरेका छन्। पर्वतले वौद्धिक, शालिन र विकासमुखी उम्मेदवार पाएकोमा स्थानीय उत्साहित देखिएका छन् । उनीहरूले तिमिल्सिनालाई अध्याधिक बहुमतले विजयी गराउने प्रतिवद्धता जाहेर समेत गरेका छन् ।

धाइरिङमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै तिमिल्सिनाले राजनीति पेशा नभएर जनताको सेवा हुनुपर्ने बताएका छन् । विगतमा राजनीति गर्नेहरुले पेशाको रुपमा लिएका बाबजुत आजको समय जनताले चाहेजस्तो परिणाम आउन नसकेको भन्दै उनले आँफू राजनीतिमा जनताको सेवाका लागि आएको उल्लेख गरे।

उनले भने “म जनताको सेवा र समग्र पर्वतको विकासका लागि उम्मेदवार बनेको हुँ, म संग स्पष्ट खाका छ पर्वत विकासका लागि, मलाई भोट दिनेहरु कहिल्यै पछुताउन पर्नेछैन, जनताको विश्वासलाई कहिल्यै मर्न दिन्ने छैन,म ठूला आश्वासन बाँड्न आएको हैन, जनताका वास्तविक समस्या बुझ्न र समाधान गर्न आएको हुँ,तपाईंहरूको अमूल्य मत खेर जान दिने छैन।”

उनले जलजला क्षेत्रलाई ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूण र सम्पन्न क्षेत्र भएको भन्दै हम्पाल र कालाञ्जर क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजना प्रस्तुत गरे। त्यस्तै, धाइरिङ–नाङलिवाङ, बनौं र शालिजा माँझफाँट लेखफाँटको भूमि आँफैमा उर्वर भएको भन्दै कृषि क्षेत्रको रूपमा विकास गर्ने, तरकारी र जडीबुटी उत्पादनलाई उचित मूल्य दिलाउने र व्यावसायिकरण मार्फत आधुनिक प्रणालीबाट स्थानियहरूको आयस्तर वृद्धि गर्ने तिमिल्सिनाले बताए ।

बाँसखर्कको सुन्तला बनौ र शालिजाको आलु देशभर प्रख्यात भएको भन्दै उनले थपे,“यहाँको उत्पादनको व्यावसायिकरण गर्दा मात्र जनताको जीवनशैली सुधार हुनेछ, स्वरोजगार कार्यक्रममार्फत आयआर्जन र रोजगारी सिर्जना हुनेछ, मेरो दायित्व यही हुनेछ कि यहाँका किसान, युवा र आम नागरिकलाई प्रगतिशील अवसर उपलब्ध गराउने।”

उनले राज्यको प्राकृतिक सम्पति कालिगण्डकी नदी चरम मात्रमा दोहन भईरहेकोका दुख व्यक्त गर्दै नियन्त्रणमा विशेष पहल गर्ने र पहिलो प्राथमिकतामा रहेको प्रतिवद्धता समेत जाहेर गरे। दोहन कालिगण्डकी सभ्यतामाथिकै प्रहार भएको भन्दै योजनावद्ध रुपमा भईरहेको दोहन अब छिट्टै अन्त्य हुने तिमिल्सिनाले बताए।

धाइरिङ र नाङलिवाङमा सम्पन्न कोणसभा, जनभेटघाट तथा अन्तरक्रिया अत्यन्त अर्थपूर्ण भएको भन्दै स्थानीय अग्रज, युवा र आम जनसमुदायसँग सडक पूर्वाधार सुदृढीकरण, आयआर्जन, रोजगारी सिर्जना, कालीगण्डकी सभ्यता संरक्षण, विपद् व्यवस्थापन, संसदमा उठाउनुपर्ने मुख्य विषयमा खुला र गम्भीर छलफलमा सरिक सवैमा तिमिल्सिनाले हार्दिक आभार व्यक्त गरे ।

तिमिल्सिनाले सहभागी सबैलाई धन्यवाद दिँदै भने, “यहाँहरूले राख्नुभएको विचार, सुझाव र अपेक्षाले मलाई थप जिम्मेवार बनाएको छ। जनताको भरोसा नै मेरो बल हो। तपाईंहरूको विश्वास, सम्मान र साथप्रति मेरो उच्च सम्मान छ । तपाईंहरूको ऊर्जा र प्रेरणाले मलाई अझै उत्साहित बनाएको छ।”

चुनावी भेटघाट र अन्तरक्रिया अत्यन्त आत्मीय र उत्साहजनक भएको र खुला संवादले नयाँ ऊर्जा थपेको उनले बताए।

Logo