काठमाडौँ । मेडिकल व्यवसायी तथा सामाजिक अभियान्ता दुर्गा प्रसाईँ पक्राउ परेका छन् । उनलाई भक्तपुर स्थित उनकै निवासबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रसाईंलाई जिल्ला प्रहरी भक्तपुरको हिरासतमा राखिएको छ ।
प्रसाईंको नेतृत्वमा आज नेपाल बन्दको कार्यक्रम घोषणा गरिएको थियोे । उनले पूर्वराजपरिवार नै सडकमा आउने भनेर उत्तेजक अभिव्यक्ति दिएका थिए । यद्यपि पूर्वराजपरिवारको सडकमा आउने कुनै कार्यक्रम नभएको बताइएको छ ।





























प्रतिक्रिया