काठमाडौं-६ मा प्रलोपाका उम्मेवारसहित क्षेत्रिय कमिटी नै नेकपामा प्रवेश

काठमाडौं-६ मा प्रलोपाका उम्मेवारसहित क्षेत्रिय कमिटी नै नेकपामा प्रवेश

केन्द्रबिन्दु
51
Shares

काठमाण्डौं। काठमाडौं ६ मा प्रगतिशिल लोकतान्त्रिक पार्टीका उम्मेवार गिरिराज अर्याल सहित क्षेत्रिय कमिटीनै नेकपामा प्रवेश गरेका छन् । आज एक विज्ञप्ती जारी गर्दै अर्यालले नेकपामा समाहित भएको घोषणा गरेका हुन् ।
घोषणा गरेसंगै उनी नेपाली कम्युनिस्ट पार्टी नेकपामा प्रवेश गरेका छन् । उनलाई पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र काठमाण्डौ क्षेत्र नम्बर ६ मा नेपाली कम्युनिस्ट पार्टी नेकपाबाट उम्मेदवार रहेका हिमाल शर्माले स्वागत गरे । पार्टीमा स्वागत गर्दै प्रचण्डले बामपन्थी शक्तिहरु एक हुनुको विकल्प नभएको बताए । उनले देश बनाउने पार्टी नेकपा भएको भन्दै नेकपाबाट अलग हुनेहरु विस्तारै समाहित हुँदै जाने दावी समेत गरे ।
पार्टी प्रवेश गर्दै अर्यालले वर्तमान परिस्थितिमा नेपाली कम्युनिष्ट पार्टी नै स्पष्ट एजेण्डा सहित अगाडी बढिरहेको अग्रगामी पार्टी भएको बताए । अर्याले आँफूसहित प्रलोपा पार्टीको क्षेत्रिय कमिटी आजैका मिति देखि नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको जानकारी समेत गराए।
अर्यालले काठमाडौँ क्षेत्र न. ६ बाट प्रतिनिधि सभाको उम्मेदवार नरहेको भन्दै आफ्ना शुभचिन्तक तथा प्रलोपाका सवै नेता कार्यकर्तालाई प्रत्यक्ष र समानुपातिक दुवैमा तारा चिन्हमा मतदान गर्न आग्रह गरे ।

यस्तै उनले आँफूलाई साथ र समर्थन गर्ने सवैलाई धन्यवाद समेत व्यक्त गरे । सो अवसरमा अर्यालको पार्टी प्रवेशले चुनावी आफ्नो चुनावी अभियानलाई उचाइमा पु¥याउने उम्मेदवार हिमाल शर्माले विश्वास व्यक्त गरे ।

Skip This
Skip This
Logo