पर्वतको भाग्य बदल्ने उचित समय यही हो : तिमिल्सिना

पर्वतको भाग्य बदल्ने उचित समय यही हो : तिमिल्सिना

केन्द्रबिन्दु
6
Shares

पर्वत। प्रतिनिधिसभा उम्मेदवार मनहरी तिमिल्सिनाले लोकतन्त्रमा आस्थाको सम्मान र विचार फरक हुन सक्ने भए पनि विकासको साझा लक्ष्यमा एकजुट हुनुपर्ने बताएका छन् । जलजला गाउँपालिकाको बनौैमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै उनले जिल्लाको समग्र विकासका लागि योग्य र सक्षम नेतृत्वले जित्नुपर्ने भन्दै मतदाताहरुलाई सोचविचार गरेर मतदान गर्न आग्रह गरे ।

उनले भने,“तपाईं जुनसुकै दलमा विश्वास गर्नुहुन्छ म सबैप्रति समान सम्मान व्यक्त गर्दछु।”
भनिन्छ- ’कि तपाई असल मान्छे राजनीतिमा आउन तयार हुनुस्, कि खराब मानिसबाट शासित हुन तयार हुनुस्।’ उनले पर्वतको भाग्य बदल्ने जिम्मा र उचित समय मतदाताको हातमा रहेको भन्दै अमुल्य मतदानको सदुपयोग गर्न आग्रह गरे ।

उनले जनताको विश्वास र मतले समृद्ध पर्वत निर्माणको यात्रा अझ बलियो बन्ने भन्दै तारा चिन्हमा मतदान गरी आफ्नो अमूल्य मत खेर जान नदिन मतदातालाई सुझाए।
बनौँको आलु र भूईँस्याउलाई बजारीकिरण गर्न सकेमात्रै पनि यहाँका स्थानिय सम्पन्नशाली हुने भन्दै तिमिल्सिनाले कृषिलाई आधुनिकिकरण र व्यावसायिकण गर्नुपर्नेमा जोड दिए।

तिमिल्सिनाले विदेशमा श्रम गरिरहेका दाजुभाइ–दिदीबहिनीका परिवारमा वित्तीय साक्षरता अभिवृद्धि, बचत, सहकारी र उद्यमशीलतामा जोड दिनुपर्नेमा विशेष जोड दिए । उनले अनुत्पादक खर्चले क्षणिक राहत दिने भएपनि सामूहिक लगानी र दिगो योजनाले मात्रै दीर्घकालीन समृद्धि सुनिश्चित हुने उल्लेख गरे ।

उनले भने, “विदेशबाट प्राप्त रेमिट्यान्सलाई केवल उपभोगमा सीमित नगरी उत्पादक र दीर्घकालीन लगानीमा प्रयोग गर्नु आजको आवश्यकता हो। यसले गाउँ–समाजमै साना उद्योग, कृषि र सेवा क्षेत्रमा रोजगारी सिर्जना गर्न सहयोग पु(याउँछ।”

उनले जलजला क्षेत्रलाई ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण र सम्पन्न क्षेत्र भएको भन्दै हम्पाल र कालाञ्जर क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजना प्रस्तुत गरे। त्यस्तै, धाइरिङ–नाङलिवाङ, बनौं र शालिजा माँझफाँट लेखफाँटको भूमि आँफैमा उर्वर भएको भन्दै कृषि क्षेत्रको रूपमा विकास गर्ने, तरकारी र जडीबुटी उत्पादनलाई उचित मूल्य दिलाउने र व्यावसायिकरण मार्फत आधुनिक प्रणालीबाट स्थानियहरूको आयस्तर वृद्धि गर्ने तिमिल्सिनाले बताए ।

बाँसखर्कको सुन्तला, बनौ र शालिजाको आलु देशभर प्रख्यात भएको भन्दै उनले थपे,“यहाँको उत्पादनको व्यावसायिकरण गर्दा मात्र जनताको जीवनशैली सुधार हुनेछ, स्वरोजगार कार्यक्रममार्फत आयआर्जन र रोजगारी सिर्जना हुनेछ, मेरो दायित्व यही हुनेछ कि यहाँका किसान, युवा र आम नागरिकलाई प्रगतिशील अवसर उपलब्ध गराउने।”

बनौँमा सम्पन्न कोणसभा, जनभेटघाट तथा अन्तरक्रिया अत्यन्त अर्थपूर्ण भएको भन्दै स्थानीय अग्रज, युवा र आम जनसमुदायसँग सडक पूर्वाधार सुदृढीकरण, आयआर्जन, रोजगारी सिर्जना, कालीगण्डकी सभ्यता संरक्षण, विपद् व्यवस्थापन, संसदमा उठाउनुपर्ने मुख्य विषयमा खुला र गम्भीर छलफलमा सरिक सवैमा तिमिल्सिनाले हार्दिक आभार व्यक्त गरे ।

तिमिल्सिनाले सहभागी सबैलाई धन्यवाद दिँदै भने, “यहाँहरूले राख्नुभएको विचार, सुझाव र अपेक्षाले मलाई थप जिम्मेवार बनाएको छ। जनताको भरोसा नै मेरो बल हो। तपाईंहरूको विश्वास, सम्मान र साथप्रति मेरो उच्च सम्मान छ । तपाईंहरूको ऊर्जा र प्रेरणाले मलाई अझै उत्साहित बनाएको छ।”

चुनावी भेटघाट र अन्तरक्रिया अत्यन्त आत्मीय र उत्साहजनक भएको र खुला संवादले नयाँ ऊर्जा थपेको उनले बताए।

Skip This
Skip This
Logo