झापा-२ अपडेटः घिमिरेभन्दा राना मगर १,३२१ मतले अगाडि

झापा-२ अपडेटः घिमिरेभन्दा राना मगर १,३२१ मतले अगाडि

केन्द्रबिन्दु
18
Shares

झापा | प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणना अन्तर्गत झापा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार इन्दिरा राना मगरले आफ्ना प्रतिस्पर्धीहरूलाई निकै ठूलो मतान्तरले पछाडि पार्दै अग्रता लिएकी छन् ।

मगरले १,५९९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका देवराज घिमिरे मात्र २७८ मतमा सीमित छन् । उनीहरूबीच १,३२१ मतको ठूलो खाडल देखिएको छ।

यता एमालेका प्रभावशाली नेता एवं पूर्व सभामुख देवराज घिमिरे र नेपाली कांग्रेसकी सरिता प्रसाई (१०९ मत) दुवै जना प्रारम्भिक नतिजामा निकै कमजोर देखिएका छन् । केशव कुमार भण्डारी (माटो) र स्वागत नेपाल (हलो) बीच तेस्रो स्थानका लागि मात्र २ मतको प्रतिस्पर्धा (१२८ विरुद्ध १२६) भइरहेको छ।

Logo