मोरङ-४ अपडेट: घन्टीलाई प्रतिस्पर्धीभन्दा ६ गुणा बढी मत!

मोरङ-४ अपडेट: घन्टीलाई प्रतिस्पर्धीभन्दा ६ गुणा बढी मत!

केन्द्रबिन्दु
60
Shares

मोरङ | मोरङ क्षेत्र नम्बर ४ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता कायम गरेको छ ।

प्राप्त पछिल्लो विवरण अनुसार रास्वपाका उम्मेदवारले आफ्ना निकटतम प्रतिद्वन्द्वीहरूलाई निकै पछाडि पार्दै ६ गुणा बढी मत प्राप्त गरेका हुन् । यस क्षेत्रमा परम्परागत शक्ति मानिने नेपाली कांग्रेस र नेकपा एमाले/माओवादी (नेकपा) को अवस्था निकै कमजोर देखिएको छ।

रास्वपाका उम्मेदवार ५,६३६ मतका साथ शीर्ष स्थानमा छन् । यो मत संख्या दोस्रो स्थानमा रहेको कांग्रेसको ९५३ मत भन्दा झण्डै ६ गुणाले बढी हो।

यस क्षेत्रमा कांग्रेस र नेकपाबीच दोस्रो स्थानका लागि मात्र ३३ मतको झिनो अन्तर (९५३ विरुद्ध ९२०) देखिएको छ। तर, दुवै दल रास्वपाभन्दा झण्डै ४,६०० मतले पछाडि छन्। मतगणना अझै जारी छ।

Skip This
Skip This
Logo