धादिङ | प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणना जारी रहँदा धादिङ क्षेत्र नम्बर १ मा रोचक प्रतिस्पर्धा देखिएको छ।
पछिल्लो प्राप्त नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आशिका तामाङले आफ्ना प्रतिस्पर्धीहरूलाई उल्लेख्य मतान्तरले पछाडि पारेकी हुन् । तामाङ १,७५२ मतका साथ शीर्ष स्थानमा छिन् । उनले नेकपा एमालेका भूमि त्रिपाठीभन्दा ६६१ मतको अग्रता बनाएकी छन् ।
पूर्व मुख्यमन्त्री एवं नेकपाका प्रभावशाली नेता राजेन्द्र पाण्डे ७३२ मतका साथ तेस्रो स्थानमा खुम्चिएकी छन् । एमाले, नेकपा र कांग्रेसबीच दोस्रो, तेस्रो र चौथो स्थानका लागि प्रतिस्पर्धा भइरहँदा रास्वपाले भने सुरुवाती चरणदेखि नै आफ्नो अग्रता फराकिलो बनाउँदै लगेको छ।































प्रतिक्रिया