काठमाडौं -६ बाट शिशिर खनाल निर्वाचित

काठमाडौं -६ बाट शिशिर खनाल निर्वाचित

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल पुनः निर्वाचित भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार खनालले आफ्ना प्रतिस्पर्धीहरूलाई भारी मतान्तरले पराजित गरेका हुन् ।

शिशिर खनालले नेपाली कांग्रेसका उम्मेदवार भन्दा २१,०७२ मतको विशाल अन्तरले जित हासिल गरेका हुन् । उनले २७,७१९ मत पाउँदा कांग्रेसले ६,६४७ मत र एमालेले ४,३७३ मत पाए ।

काठमाडौँ–६ मा नेपाली कांग्रेस र नेकपा एमाले जस्ता ठूला दलहरूको मत निकै कम देखिएको छ, जसले रास्वपाप्रतिको जनविश्वास बलियो रहेको पुष्टि गर्दछ।

Skip This
Skip This
Logo