रास्वपाले कोशीमा कहाँ-कहाँ लिँदैछ अग्रता ?

रास्वपाले कोशीमा कहाँ-कहाँ लिँदैछ अग्रता ?

केन्द्रबिन्दु
18
Shares

काठमाडाैं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार कोशी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो बलियो वर्चस्व कायम गरेको छ । शुक्रबार बेलुकासम्मको प्राप्त तथ्याङ्क अनुसार कोशीका मुख्य जिल्लाहरू झापा, मोरङ र सुनसरीमा रास्वपाका उम्मेदवारहरूले ऐतिहासिक अग्रता कायम गरेका छन्।

झापा क्षेत्र नम्बर ५ मा रास्वपाका उम्मेदवार बालेन्द्र (बालेन) शाहले भारी मतका साथ अग्रता लिइरहेका छन् । १३,६५४ मत प्राप्त गर्दै उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई १०,६४३ मतको ठूलो अन्तरले पछाडि पारेका छन् । झापाका पाँचै वटा निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरू प्रतिद्वन्द्वीभन्दा निकै अगाडि देखिएका छन्।

मोरङमा रुविना आचार्यले क्षेत्र नम्बर ६ मा २२,४०५ मतसहित अग्रता बनाएका छन् भने सन्तोष राजवंशीले क्षेत्र नम्बर ४ मा १८,०३० मत प्राप्त गरी विजयतर्फ उन्मुख देखिएका छन् । त्यस्तै सुनसरीका चारवटै क्षेत्रमा रास्वपाको अग्रता कायमै छ, जहाँ अशोक कुमार चौधरीले क्षेत्र नम्बर ३ मा ४,८९१ मतका साथ नेतृत्व गरिरहेका छन् ।

कोशीका हिमाली र पहाडी जिल्लाहरू संखुवासभा, सोलुखुम्बु र खोटाङमा भने रास्वपाको उपस्थिति न्यून देखिएको छ। ती क्षेत्रमा मतगणनाको प्रारम्भिक चरण भएकोले मत संख्या कम देखिएको विश्लेषण गरिएको छ।

अहिलेको रुझान हेर्दा कोशी प्रदेशका मुख्य शहरी र अर्ध-शहरी क्षेत्रमा रास्वपाले ‘क्लिन स्वीप’ गर्ने सम्भावना प्रबल देखिएको छ।

Skip This
Skip This
Logo