काठमाडौं । मोरङ क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सन्तोष राजवंशीले जित सुनिश्चित गरेका छन् ।
उनले नेपाली कांगेसका महामन्त्री गुरुराज घिमिरेलाई तेब्बर मतले मतले पछाडि पारेका छन् । राजवंशीले हालसम्म ३२१८३ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका कांग्रेसका घिमिरेले १०८६८ मत प्राप्त गरेका छन् ।
उनीहरूबीचको मतान्तर २१३१५ रहेको छ ।
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार एवं पूर्वमन्त्री अमनलाल मोदीले १००४३ मत प्राप्त गरेका छन्।































प्रतिक्रिया