रुपन्देही–३ मा रास्वपाको दबदबा, लेखजंग थापा ३८ हजार बढी मतान्तरले अगाडि

रुपन्देही–३ मा रास्वपाको दबदबा, लेखजंग थापा ३८ हजार बढी मतान्तरले अगाडि

केन्द्रबिन्दु
9
Shares

बुटवल । रुपन्देही क्षेत्र नं ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापाले अत्यन्तै ठूलो मतान्तरसहित अग्रता कायम गरेपछि उनको जित लगभग निश्चित भएको छ।

हालसम्म ७० हजार ६०९ मत गणना भइसकेको छ भने अझै करिब २४ हजार मत गणना हुन बाँकी छ। यद्यपि, थापाले निकटतम प्रतिस्पर्धीभन्दा ३८ हजार ७८४ मतले अग्रता बनाइसकेकाले परिणाम उल्टिने सम्भावना लगभग समाप्त भएको देखिएको छ।

प्राप्त मतपरिणामअनुसार डा। थापाले ४४ हजार ९०७ मत प्राप्त गर्दै स्पष्ट रूपमा अग्रस्थानमा रहेका छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सुशील गुरुङले ६ हजार १२३ मत प्राप्त गरेका छन्।

त्यस्तै नेकपा एमालेका उम्मेदवार बासुदेव घिमिरेले ५ हजार ९११, राष्ट्रिय प्रजातन्त्र पार्टीका गौरव बोहराले ५ हजार ९०५ र नेकपाका फैज अहमद खाँले १ हजार ७७२ मत प्राप्त गरेका छन्।

सहायक निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलका अनुसार मतगणना अन्तिम चरणतर्फ अघि बढिरहेको छ। हालको मतान्तर हेर्दा रुपन्देही–३ मा रास्वपाका थापाको जित औपचारिक घोषणा मात्र बाँकी रहेको जस्तो देखिएको छ।

Logo