काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको समानुपातिक तर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुरुवाती चरणदेखि नै निकै ठूलो अग्रता कायम गरेको छ । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको एकीकृत विवरण अनुसार कुल ४५,२६१ मतगणना हुँदा रास्वपाले अन्य स्थापित दलहरूलाई निकै पछाडि छाडेको हाे ।
पछिल्लो तथ्याङ्क अनुसार घण्टी चिन्ह भएको रास्वपाले २६,०७३ मत प्राप्त गर्दै शीर्ष स्थान ओगटेको छ । यो कुल गणना गरिएको मतको ५० प्रतिशत भन्दा बढी हिस्सा हो।
दोस्रो स्थानमा रहेको नेपाली काँग्रेसले ८,२३२ मत प्राप्त गरेको छ भने नेकपा (एमाले) ३,५२३ मतका साथ चौथो स्थानमा खुम्चिएको छ। यता राष्ट्रिय प्रजातन्त्र पार्टीले एमालेलाई झिनो अन्तरले उछिन्दै ३,५७२ मतका साथ तेस्रो स्थान सुरक्षित गरेको छ।
हर्क साम्पाङ आबद्ध श्रम संस्कृति पार्टीले १,११२ मत प्राप्त गर्दै आफ्नो प्रभाव देखाउन सुरु गरेको छ ।































प्रतिक्रिया