भोजपुर मतगणना अपडेटः माटाे अग्रता, शेरधन राईले पछ्याउँदै

भोजपुर मतगणना अपडेटः माटाे अग्रता, शेरधन राईले पछ्याउँदै

केन्द्रबिन्दु
27
Shares

भोजपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत भोजपुर जिल्लाको मतगणना रोचक मोडमा पुगेको छ ।

पछिल्लो प्राप्त जानकारी अनुसार अरुण गाउँपालिका, आमचोक गाउँपालिका र टेम्के कैयुङ गाउँपालिकाका १, २ र ३ नम्बर वडाको गणना सकिँदा श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राईले आफ्नो अग्रता कायम राखेका हुन् ।

श्रम संस्कृति पार्टीका ध्रुवराज राईले नेकपा एमालेका प्रभावशाली नेता एवं पूर्वमुख्यमन्त्री शेरधन राईलाई ३७६ मतले पछि पारेका छन् । मुख्य प्रतिस्पर्धा माटो, सूर्य र तारा चिन्हबीच देखिए पनि पछिल्लो समय ध्रुवराज राई र शेरधन राईबीचको दूरी घटबढ भइरहेको छ।

अजम्बर राई काङमाङ र बालकृष्ण थापा क्रमशः तेस्रो र चौथो स्थानमा रहँदै प्रतिस्पर्धामा टिकिरहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश ओझा पाँचौं स्थानमा हुनुहुन्छ।

Logo