दार्चुला निर्वाचन अपडेट : कांग्रेस ४०७ मतले अगाडि

दार्चुला निर्वाचन अपडेट : कांग्रेस ४०७ मतले अगाडि

केन्द्रबिन्दु
0
Shares

खलङ्गा। दार्चुलामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसका उम्मेदवार धर्मानन्द जोशीले अग्रता कायम कायम राखेका छन्।

हालसम्म ब्यास गाउँपालिका, दुहु गाउँपालिका र शैल्यशिखर नगरपालिकाको मतगणना सम्पन्न भइसकेको छ भने महाकाली नगरपालिका–१ को मतगणना जारी छ। प्राप्त प्रारम्भिक मतअनुसार जोशीले ७ हजार ४९ मत प्राप्त गरी अग्रता कायम राखेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका गणेशसिंह ठगुन्नाले ६ हजार ६४२ मत प्राप्त गरेका छन्। यसरी कांग्रेसले एमालेमाथि ४०७ मतको अग्रता बनाएको छ।

मतगणना प्रारम्भदेखि नै यी दुई दलबीच कडा प्रतिस्पर्धा देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले २,३५६ मत प्राप्त गरेको छ भने अन्य दलतर्फ नेकपा (तारा) ले ५६४ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीले २२५ मत पाएका छन्।

स्वतन्त्र तथा साना दलका उम्मेदवारहरूले पनि केही मत प्राप्त गरेका छन्। मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार महाकाली नगरपालिका–१ को मतगणना अझै जारी छ। बाँकी क्षेत्रको मतगणना सम्पन्न भएपछि अन्तिम परिणाम सार्वजनिक गरिने बताइएको छ।

मतगणना जारी रहँदा सर्वसाधारण र राजनीतिक दलहरूबीच अन्तिम परिणामको चासो बढेको छ।

Skip This
Skip This
Logo