हार स्वीकार्दै रेणुले भनिन् : मतमा हारेपनि चितवनको विकास र योगदानद्वारा जनताको मन जित्न सफल भएँ

हार स्वीकार्दै रेणुले भनिन् : मतमा हारेपनि चितवनको विकास र योगदानद्वारा जनताको मन जित्न सफल भएँ

केन्द्रबिन्दु
24
Shares

चितवन। प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवार रेणु दाहालले हार स्वीकार गर्दै आफ्नो निर्वाचन अभियान समाप्त गरेको घोषणा गरेकी छन्।

दाहालले मत परिणामको सम्मान गर्दै विजयी उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोबिता गौतमलाई बधाई दिइन्।

उनले आफ्नो ३० वर्षे राजनीतिक अनुभव र भरतपुरमा ९ वर्ष नगर प्रमुखको रूपमा सेवा जनताको भलाइ र क्षेत्रको विकासमा समर्पित रहेको उल्लेख गरिन्। यस्तै उनले मतमा हार भए पनि काम र योगदानद्वारा चितवनका जनताको मन जित्न सफल भएको अनुभवले उत्साहित बनाएको बताइन् ।

उनले सबै मतदाताहरू, पार्टीका नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक, मिडिया कर्मी र कलाकारहरूलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा चितवनको विकास र समृद्धिका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

Skip This
Skip This
Logo