लमजुङमा। लमजुङमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धर्मराज केसी ३३ हजार ८९८ मतसहित विजयी भएका छन्।
उनका प्रमुख प्रतिस्पर्धी नेकपा (एमाले) का पृथ्वीसुब्बा गुरुङले १६ हजार ८७६ र नेपाली कांग्रेसका गमप्रसाद गुरुङले १६ हजार ५६९ मत प्राप्त गरे। नेपाली कम्युनिष्ट पार्टीका हरिजङ्ग तामाङले ३ हजार ३७१ मतमा सीमित रहे।
जिल्लामा कुल १ लाख ३७ हजार १२४ मतदाता रहेकोमा ७५ हजार ४६० मत खसेको थियो।





























प्रतिक्रिया