ज्ञानेन्द्र शाहीले जिते जुम्ला,जोगाए राप्रापाको संसदिय विऊ

ज्ञानेन्द्र शाहीले जिते जुम्ला,जोगाए राप्रापाको संसदिय विऊ

केन्द्रबिन्दु
27
Shares

जुम्ला। जुम्लाको एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही विजयी भएका छन्।

अन्तिम मतपरिणाम अनुसार शाहीले १४ हजार ६५ मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नरेश भण्डारीले ११ हजार १२३ मत प्राप्त गरे। शाहीले भण्डारीलाई २ हजार ९४२ मतान्तरले पराजित गरे।

तेस्रो स्थानमा नेपाली कांग्रेसका दीपबहादुर शाही रहेका छन्। उनले ६ हजार ६६४ मत प्राप्त गरे। नेकपा एमालेका शान्तीलाल महतले ४ हजार २८८ मत ल्याए।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार विनिता कठायतले ३९८ मत मात्र प्राप्त गरिन्। हजार मत नपुगेपछि उनको जमानत जफत भएको छ।

यस नतिजासँगै राप्रपाले यस निर्वाचनमा पहिलो जित निकालेको छ।

Logo