उदयपुर–२ मा रास्वपाका सूर्यको उदय

उदयपुर–२ मा रास्वपाका सूर्यको उदय

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । उदयपुर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सूर्यबहादुर तामाङ विजयी भएका छन् । तामाङले १४ हजार ८ सय २ मत ल्याउँदै विजयी बने । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अम्बरबहादुर रायमाझीले ७ हजार ६ सय ४८ मत ल्याएर पराजित भए।

यस्तै नेपाली कांग्रेसका रामकुमार राईले ७ हजार २ सय ९० मत प्राप्त गरे। नेकपाका सुरेशकुमार राईले ५ हजार १ सय ९७ र श्रम संस्कृति पार्टीका बलराज राईले ४ हजार १ सय ३९ मत ल्याएर चित्त बुझाए ।

Logo