रुकुमपश्चिममा नेकपाका गोपाल शर्माको शानदार जित, जनार्दन शर्मा तेस्रो बने

रुकुमपश्चिममा नेकपाका गोपाल शर्माको शानदार जित, जनार्दन शर्मा तेस्रो बने

केन्द्रबिन्दु
114
Shares

काठमाडौं। रुकुमपश्चिममा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार गोपाल शर्माले विजयी भएका छन् ।

निर्वाचन आयोगका अनुसार शर्मा २१ हजार ६०९ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकतटम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजु केसीले १६ हजार ६६१ मत प्राप्त गरे । प्रगतिशील लोकतान्त्रिक पार्टीका जनार्दन शर्मा निकटतम प्रतिद्धन्द्धी समेत बन्न सकेनन् । शर्माले १४ हजार ३४६ मत प्राप्त गरे । यहाँ दुई शर्माविचको लडाईलाई प्रमुख रुपमा हेरिएको थियो। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाहीले चार हजार ७६ मत प्राप्त गरे ।

यसैगरी, नेकपा (एमाले) का नन्दराम देवकोटाले एक हजार ८६९, नेकपा (माओवादी) का चन्द्रबहादुर बुढाले ३६६ मत प्राप्त गरे ।

एउटामात्रै निर्वाचन क्षेत्र रहेको रुकुमपश्चिममा एक लाख ६ हजार ६६९ मतदाता रहेका छन्। जसमा ५४ हजार २६३ पुरुष र ५२ हजार ३९६ महिला मतदाता रहेका छन् ।

Skip This
Skip This
Logo