गोरखा । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुदन गुरुङले आफ्नो अग्रतालाई बढाएका छन् ।
पछिल्लो प्राप्त मतपरिणाम अनुसार गुरुङले ७,०६८ मत प्राप्त गरी शीर्ष स्थानमा रहेका छन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्रीले ६,२९६ मतका साथ पछ्याइरहेका छन् । गुरुङ र खत्रीबीचको मतान्तर ७७२ रहेको छ।
त्यसैगरी, प्रतिस्पर्धामा तेस्रो स्थानमा रहेका नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले २,९३४ मत प्राप्त गरेका छन् भने नेकपा (एमाले) का उम्मेदवार आरसी लामिछानेले १,४५० मत पाएका छन् ।





























प्रतिक्रिया