यी हुन् चुनाव जितेर संसद छिरेका १४ महिला

यी हुन् चुनाव जितेर संसद छिरेका १४ महिला

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेपालमा प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फ १४ जना महिला उम्मेदवारले जित हासिल गरेका छन् । तीमध्ये १३ जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हुन् । रास्वपाबाहेक नेपाली कांग्रेसबाट एक जना मात्रै महिलाले जितेकी छन् ।

प्रत्यक्षतर्फ रास्वपाले १२५ सिट जित्दा १३ सिट महिलाले जितेका हुन् । कुल सिटमध्ये २३.१ प्रतिशत महिलाको प्रत्यक्षबाट प्रतिनिधित्व हुँदैछ । अघिल्लो चुनाव १४.८५ प्रतिशत रहेको थियो । योपटक ८.२५ प्रतिशतले बढी छन् । यो संसदमा सबैभन्दा रास्वपाबाट महिलाको प्रतिनिधित्व हुने पक्काजस्तै छ । अघिल्लोपटक चुनाव जितेकी सोविता गौतम र डा. तोसिमा कार्की यसपटक पनि संसद छिर्न सफल भएका छन् । अन्य राजनीतिक दलबाट नगन्य संख्यामा महिलाको संसद उपस्थिति हुने देखिन्छ ।

रास्वपाबाट झापा -२ मा ६० हजार ११० मत ल्याएर इन्दिरा राना मगर, चितवन -३ बाट ५९ हजार २७७ मत ल्याएर सोविता गौतम, मोरङ -६ मा ५५ हजार ५१३ मत ल्याएर रुविना आचार्य, ४५ हजार २४१ मत ल्याएर झापा १ मा निशा डाँगी विजयी भएकी छन् । डाँगी यसअघि समानुपातिक सांसद थिइन् । त्यस्तै सर्लाही -१ मा ४४ हजार १८१ मत ल्याएर नीतिमा भण्डारी, ४३ हजार ०९६ मत ल्याएर ललितपुर ३ बाट तोसिमा कार्की, ३९ हजार १२८ मत ल्याएर धादिङ -१ बाट आशिका तामाङ, सप्तरी -१ मा ३८ हजार १९५ मत ल्याएर पुष्पाकुमारी चौधरी, कास्की -३मा ३७ हजार ७५० मतसहित बिना गुरुङ विजयी भएका छन् ।

त्यसैगरी कैलाली -१ बाट १७ हजार ८२६ मत ल्याएर कोमल ज्ञवाली, मोरङ -५ मा ३० हजार ४३४ मतसहित आशा झा, काठमाडौं -१ मा १५ हजार ४५५ मत लिएर रन्जु दर्शना विजयी भएकी छन् । महोत्तरी–४ मा गौरी कुमारी ३० हजार १३२ मतसहित विजयी हुँदा प्रतिस्पर्धी जनता समाजवादी पार्टीका सुरेन्द्रकुमार यादवले ८ हजार ७४२ मत पाए ।

त्यसैगरी कांग्रेसकी बासना थापा दैलेख १ बाट १२ हजार ३७२ मत ल्याएर पहिलोपटक संसदमा प्रवेश गर्दैछिन् ।

Logo