विधान संशोधनपछि संसदीय दलको नेता चयन गर्ने रास्वपाको तयारी

विधान संशोधनपछि संसदीय दलको नेता चयन गर्ने रास्वपाको तयारी

केन्द्रबिन्दु
33
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको नेता चयनसम्बन्धी वर्तमान व्यवस्थामा परिवर्तन गर्ने तयारी गरेको छ। पार्टीको विधानमा रहेको प्रावधान व्यवहारिक नभएको निष्कर्षपछि त्यसलाई संशोधन गर्ने प्रक्रिया अघि बढाइएको स्रोतले जनाएको छ।

रास्वपाको विधानको धारा ६६ मा संसदीय दलको नेता चयनसम्बन्धी व्यवस्था उल्लेख छ। सोही धाराको उपधारा ८ (ख) मा संसदीय दलको नेता चयन गर्दा पार्टीका सम्पूर्ण साधारण सदस्यहरू मतदाता हुन पाउने प्रावधान रहेको छ। यही व्यवस्थालाई परिवर्तन गर्न पार्टीले विधान संशोधन गर्ने तयारी गरेको हो।

पार्टीका नेताहरूका अनुसार सबै साधारण सदस्यलाई मताधिकार दिएर संसदीय दलको नेता चयन गर्ने विधि व्यवहारिक रूपमा लागू गर्न कठिन हुने देखिएकाले नयाँ प्रक्रिया तय गर्ने तयारी गरिएको हो। त्यसअनुसार प्रत्यक्ष तथा समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूमध्ये बहुमत मत प्राप्त गर्ने उम्मेदवारलाई संसदीय दलको नेता बनाउने व्यवस्था ल्याउने विषयमा छलफल भइरहेको छ।

Skip This
Skip This
Logo