काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट तनहुँ निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा. स्वर्णिम वाग्लेले निर्वाचनमा झण्डै २७ लाख रुपैयाँ खर्च गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालय तनहुँमा पेश गरिएको विवरण अनुसार डा. वाग्लेको चुनावी अभियानमा कुल २६ लाख ९० हजार ७५४ रुपियाँ खर्च भएको छ । सार्वजनिक गरिएको अनुसूची–४१ को विवरण अनुसार डा. वाग्लेको निर्वाचन अभियानमा सबैभन्दा ठुलो हिस्सा प्रचारप्रसार सामग्री र सवारी साधन व्यवस्थापनमा खर्च भएको देखिएको छ । जसमा प्रचारप्रसार सामग्री खरिद तथा छपाइमा ६ लाख ५० हजार २९८ रुपियाँ र १५ दिनको सवारी साधन तथा इन्धन खर्चमा ४ लाख ५० हजार रुपियाँ खर्च भएको उल्लेख छ ।
यसैगरी, ४२ वटा वडामा कार्यालय सञ्चालनका लागि चार लाख २० हजार रुपियाँ, खाना, खाजा तथा अस्थायी बसोबासका लागि तीन लाख ४८ हजार ९०० रुपियाँ र विद्युतीय माध्यमबाट गरिने प्रचारप्रसारमा तीन लाख ४८ हजार ४६४ रुपियाँ खर्च भएको छ । ६९ मतदान केन्द्रमा बुथ प्रतिनिधि परिचालन गर्दा तीन लाख १९ हजार ३०० रुपियाँ खर्च भएको विवरणमा जनाइएको छ । अन्य खर्चहरूमा विविध शीर्षकमा एक लाख ४० हजार ७९२ रुपियाँ, मनोनयन दर्तामा १० हजार र मतदाता नामावली खरिदमा तीन हजार रुपियाँ खर्च भएको डा. वाग्लेको सचिवालयले जनाएको छ ।































प्रतिक्रिया