समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपा सचिवालय बैठक बस्दै

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपा सचिवालय बैठक बस्दै

केन्द्रबिन्दु
30
Shares

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ।

पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार सचिवालय बैठक बस्न लागेको हो। बैठकको समय र स्थान भने तय भइसकेको छैन।

समानुपातिक उम्मेदवार सिफारिससम्बन्धी विषयमा छलफल गर्न बस्ने बैठकमा पार्टी विधान संशोधन, वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउने बाटो खुलाउने विषय तथा अन्य विविध एजेन्डामाथि पनि छलफल हुने जनाइएको छ।

Skip This
Skip This
Logo