काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिक तर्फको मत परिणमहरु सार्वजनिक भइसकेका छन् ।
गत निर्वाचनमा समानुपातिकतर्फ पहिलो दल बनेको नेकपा (एमाले) यो पटक तेस्रो भएको छ । २०७९ को प्रतिनिभिसभाको निर्वाचनमा २८ लाख ४५ हजार ६ सय ४१ मत पाएको एमाले यो पटक १४ लाख ५५ हजार ५ सय ८५ मा खुम्चिएको हो ।
निर्वाचन परिणमलाई लिएर एमालेमाथि नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चलिरहँदा नेताहरु एक आपसमा सामाजिक सन्जालमै पार्टीको आन्तरिक विवाद पोख्न थालेका छन् । निर्वाचनको समिक्षा र समानुपातिक सूची आयोगमा बुझाउने बारे आज एमालेको सचिवाल बैठक एमाले अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बसिरहेको छ ।
आज विहान मात्र एमाले उपमहासचिव योगेश भट्टराईका बारेमा सञ्चार माध्यममा आएको बिषयलाई लिएर महासचिव शंकर पोखरेलले भट्टराईले जिम्मेवारी माग्दा विभिन्न स्थानमा वक्ताका रुपमा जान र आफ्नो निर्वाचन क्षेत्र दाङमा आउन भनेको उल्लेख गरेका छन् । यद्यपि, भट्टराईले भनेका कुरालाई मिडियाले अधुरो अंशमात्र सम्प्रेषित गरेको आशंका व्यक्त गरिरहेका बेला उनै महासचिव पोखरेलको गृहजिल्ला दाङमा भने समानुपातिक मततर्फ लज्जास्पद नतिजा आएको छ ।
तीन निर्वाचन क्षेत्र रहेको दाङमा एमाले महासचिव पोखरेलले आफै लज्जास्पद हार व्यहोरेका छन् । पोखरेल दाङ २मा रास्वपाका विपिन आर्चायसँग करिव २८ हजार मतान्तरले हारे भने दाङका अरु क्षेत्रमा एमाले तेस्रो स्थानमा रहेको छ । कुल ४ लाख ३१ हजार ६ सय ८६ मतदाता रहेको दाङमा एमालेले समानुपातिक तर्फ जम्मा ३३ हजार ३३५ मत मात्र पाएको हो । दाङमा महासचिव पोखरेल र उनकी श्रीमतिसहित एमालेका आधा दर्जन केन्द्रीय सदस्यहरु रहेका छन् ।





























प्रतिक्रिया