१० दिनभित्र बालेनलाई प्रधानमन्त्री बनाउने रास्वपाको तयारी

१० दिनभित्र बालेनलाई प्रधानमन्त्री बनाउने रास्वपाको तयारी

केन्द्रबिन्दु
24
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले करिब १० दिनभित्र नयाँ सरकार गठन हुने दाबी गरेका छन्। सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले संवैधानिक प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले सरकार गठन केही दिनपछि मात्रै सम्भव हुने बताएका हुन्।

झाले सम्भावित नयाँ सरकारको नेतृत्व काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले गर्ने विषयमा पार्टीभित्र कुनै विवाद नरहेको उल्लेख गरे। प्रधानमन्त्रीका रूपमा बालेनलाई अघि सार्ने विषयमा स्पष्ट सहमति रहेको उनको भनाइ छ।

तर त्यसका लागि पार्टीभित्र केही प्रक्रियागत तयारी आवश्यक रहेको उनले बताए। विशेषगरी पार्टीको विधान संशोधन गरेर बालेनलाई संसदीय दलको नेता बनाउने विषयमा काम अघि बढाउनुपर्ने उनले स्वीकार गरे।

उनका अनुसार अहिले पार्टीले समानुपातिकतर्फको बन्दसूची बुझाउने प्रक्रिया टुंग्याइसकेपछि मात्रै सरकार गठन र अन्य राजनीतिक निर्णयहरू औपचारिक रूपमा अगाडि बढ्नेछन्।

झाले अहिले नै मन्त्री बन्ने व्यक्तिहरूको नामबारे पार्टीभित्र गम्भीर छलफल नभएको स्पष्ट पारे। बन्दसूची बुझाइसकेपछि मात्रै मन्त्री चयन, सरकार गठन र अन्य राजनीतिक रणनीतिबारे औपचारिक छलफल हुने उनले बताए।

रास्वपाले नयाँ सरकारको नेतृत्व गर्ने सम्भावना देखिएसँगै बालेन शाहको सम्भावित प्रधानमन्त्री पदलाई लिएर राजनीतिक वृत्तमा चासो बढ्न थालेको छ।

Skip This
Skip This
Logo