काठमाडौं । सर्वोच्च अदालतले धनुषा क्षेत्र नम्बर १ को निर्वाचन विवादसम्बन्धी रिटमा रास्वपाका उम्मेदवार किशोरी साहको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। अदालतको उक्त निर्णयसँगै सो क्षेत्रबाट निर्वाचित नेपाली कम्युनिष्ट पार्टीका सांसद मातृका यादवको पद यथावत रहने भएको छ।
आइतबार सर्वोच्च अदालतमा भएको प्रारम्भिक सुनुवाइपछि अदालतले तत्काल अन्तरिम आदेश जारी गर्नुपर्ने पर्याप्त आधार नदेखिएको भन्दै निवेदकको माग अस्वीकार गरेको हो। यससँगै विवादको अन्तिम टुंगो नलागेसम्म यादवको सांसद पदमा कुनै असर नपर्ने भएको छ।
कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको उजुरीका आधारमा निर्वाचन आयोगले साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो।





























प्रतिक्रिया