रास्वपाको अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, बाहिरी व्यक्तिसँग भेटघाट गर्न पनि नपाइने

रास्वपाको अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, बाहिरी व्यक्तिसँग भेटघाट गर्न पनि नपाइने

केन्द्रबिन्दु
33
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदलाई संसदमा प्रभावकारी रूपमा काम गर्न, जिम्मेवारी बुझ्न र पार्टी नीति अनुसार परिचालन गर्न अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा मंगलबार र बुधबार दुई दिन आयोजना गरिने यस कार्यक्रममा प्रत्यक्ष तथा समानुपातिकतर्फका सबै सांसदहरूलाई अनिवार्य उपस्थित हुन सूचित गरिएको छ।

जारी सूचना अनुसार, कार्यक्रम पूर्णतः आवासीय हुनेछ र सांसदहरूको खाना तथा आवासको व्यवस्था पार्टीले नै गर्नेछ। कार्यक्रमलाई व्यवस्थित बनाउन पार्टीले केही कडा नियमहरू समेत लागू गरेको छ। कार्यक्रम हलमा मोबाइल फोन प्रयोग गर्न पाइने छैन भने कार्यक्रम स्थलमा परिवारका सदस्य, साथी वा अन्य कुनै पनि अतिथिलाई ल्याउन निषेध गरिएको छ।

यसैगरी, सांसदहरूलाई कार्यक्रम अवधिभर परिवारका सदस्य वा अन्य व्यक्तिसँग भेटघाट गर्न, फोटो खिच्न वा बैठक गर्न समेत रोक लगाइएको छ। सहभागी सांसदहरूका लागि ‘बिजनेस क्याजुअल’ पोशाक तोकिएको छ। सवारी साधनको हकमा होटलमा छोडेपछि बाहिरै पार्क गर्नुपर्ने र चालकको खानपान तथा आवासको व्यवस्था सम्बन्धित सांसद आफैँले गर्नुपर्ने जानकारी गराइएको छ।

Skip This
Skip This
Logo