सुष्मा स्वराजले आज राष्ट्रपति र प्रधानमन्त्री भेट्दै

सुष्मा स्वराजले आज राष्ट्रपति र प्रधानमन्त्री भेट्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ  । नेपालको दुईदिने भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आज पनि भेटघाटलाई जारि राख्ने भएकी छिन्  । आज उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्दै छिन् ।

राष्ट्रपति भण्डारीसँग साढे ११ बजे शितलनिवासमा र प्रधानमन्त्री देउवासँग साढे १२ बजे बालुवाटारमा भेटवार्ता हुने तयारी छ । यस अघि आज उनले माओबादी केन्द्रका अध्यक्ष प्रचण्डसंग भेटवार्ता गरिसकेकी छिन् । प्रचण्डसँग बिहान ९ बजे होटल सोल्टीमा भेटवार्ता भएको हो  । प्रचण्डसँगको भेटमा स्वराजले नयाँ सरकार गठनबारे चासो राखेकी छिन । 

यस अघि बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वान टु वान र एमालेका नेताहरुसँग सामूहिक भेटवार्ता भएको थियो ।  भेटमा स्वराजले निर्वाचनमा विजयका लागि बधाई दिएकी थिइन् भने नयाँ बन्ने सरकारसँग मिलेर काम गर्न चाहेको धारणा एमालेका नेताहरुसँग राखेकी थिइन् ।

उनी आजै स्वदेश फर्कने छिन् ।

Logo