चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : महासचिव पोखरेल

चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : महासचिव पोखरेल

केन्द्रबिन्दु
18
Shares

काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले चुनावी लहर वा ठूलो चुनावी जितले दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित नगर्ने स्पष्ट धारणा व्यक्त गरेका छन्। बुधबार फेसबुकमा लेखेका स्टाटसमा उनले चुनावी परिणामबाट सिक्ने महत्वपूर्ण राजनीतिक पाठमा जोड दिएका छन्।

पोखरेलले भारतको १९८४ आम निर्वाचनको उदाहरण दिँदै ‘राजीव लहर’लाई नेपालको हालको ‘बालेन लहर’सँग तुलना गरेका छन्। त्यहाँ कांग्रेस–आईले दुईतिहाइभन्दा बढी सिट जितेको भए पनि क्रमशः कमजोर बन्दै गयो, जबकि भाजपा विस्तारै सशक्त हुँदै नरेन्द्र मोदीको नेतृत्वमा लगातार तेस्रो कार्यकालका लागि सत्ता कायम गर्न सफल भयो।

उनका अनुसार, केवल ठूलो जनमतले स्थायी सफलता ल्याउँदैन। दीर्घकालीन राजनीतिक सफलता जनताको अपेक्षा पूरा गर्ने क्षमता, संगठन सुदृढीकरण र निरन्तर जनसमर्थन कायम राख्ने रणनीतिमा निर्भर गर्दछ। पोखरेलले चुनावी परिणामबाट जित्ने र हार्ने दुवै पक्षले पाठ सिक्नुपर्नेमा जोड दिएका छन्।

Skip This
Skip This
Logo