काठमाडौं। नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले सामाजिक सञ्जालमार्फत रास्वपालाई सरकार सञ्चालनका लागि समय दिनुपर्ने बताएका छन् ।
उनले नयाँ सरकारलाई कम्तीमा तीन महिनासम्म काम गर्न दिनुपर्ने उल्लेख गर्दै अनावश्यक आलोचना र प्रतिक्रिया रोक्नुपर्ने धारणा व्यक्त गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले भनेका छन्,
“रास्वपाले चुनाव जित्यो।चलाउछन कसरी?त्यो उनीहरुकै कुरा।नयाँ सरकारले काम थालेको तीन महिना सम्म अरुले केही बोल्नु नै बेकार हो।जनता साझा थिए,छन र हुने नै छन ।फरक कति मात्र हो भने आम जनताको रोजाईमा यस पल्ट उनीहरु परे,अझ यसो भनौ उनका बाचा जनताले पत्याए। खाँबो चिथोर्न बन्द गरे हुने !”































प्रतिक्रिया